• बुधबार , कार्तिक ७, २०८१

दुग्ध वितरण केन्द्रले सकेन सङ्कलन गर्न, सुदूरपश्चिममा साढे २ लाख लिटर दूध उत्पादन…

BySANU

Feb 6, 2023

धनगढी, २३ माघ । सुदूरपश्चिम प्रदेशमा साढे २ लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनअनुसार उक्त तथ्यांक सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार सबैभन्दा बढी दूध उत्पादन कैलाली र सबैभन्दा कम बझाङमा हुने गरेको छ । दूध उत्पादनमा कैलालीको हिस्सा ३६ दशमलव ३३ प्रतिशत र बझाङ जिल्लाको हिस्सा १ दशमलव शून्य ८ प्रतिशत देखिएको छ । कैलालीमा वार्षिक ८७ हजार पाँच सय २० लिटर र बझाङमा दुई हजार पाँच सय ९० लिटरदूध उत्पादन हुने गरेको छ । प्रदेशभित्र अघिल्लो आर्थिक वर्षमा कूल २ लाख ४० हजार ८ सय ७८ लिटर दूध उत्पादन भएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.