• बुधबार , कार्तिक ७, २०८१

कुखुरा र अण्डा सडकमा फालेर विरोध प्रदर्शन…

BySANU

Feb 8, 2023

झापा, २५ माघ । झापाका किसानले सडकमा कुखुरा र अण्डा फालेर विरोध प्रदर्शन गरेका छन् । किसानका उत्पादनले उचित मूल्य र बजार पाउनुपर्ने माग गर्दै बिर्तामोडको मुक्तिचोकमा अण्डा र कुखुरा सडकमा फालेर विरोध गरिएको हो । ‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानुपरेको छ,’ आन्दोलनमा सहभागी किसानले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ, यो स्थिति हटाउन सरकारले पहल गर्नुपर्छ ।’ यसैकारण सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी ती किसानले बताए । बढ्दो ब्याजदर र महँगीका कारण किसानहरू मारमा परेको भन्दै सडकमा लिएर आएका अण्डा र कुखुरा उनीहरूले सडकमा त्यसै छाडेर फर्केका थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.