• बुधबार , कार्तिक ७, २०८१

पोटास आयातको अवस्था शून्य, ६ महिनामा १ लाख ६० हजार मेट्रिक टन रासायनिक मल आयात… 

Byashesh

Feb 17, 2023

काठमाडौँ, ५ फागुन ।

सरकारले चालू आर्थिक वर्षको छ महिनामा १ लाख ६० हजार मेट्रिक टन रासायनिक मल आयात भएको तथ्यांक सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक/अर्धवार्षिक अवधिको प्रगति समीक्षामा उक्त परिमाणमा मल आयात भएको देखिएको हो । चालू आर्थिक वर्षका लागि सरकारले ३ लाख २९ हजार मेट्रिक टन रासायनिक मल खरीदका लागि टेण्डर आह्वान गरेकामा छ महिनाको अवधिमा उक्त परिमाणमा आयात भएको छ । जसमध्ये हालसम्म १ लाख ४४ हजार ९ सय १३ मेट्रिक टन रासायनिक मल बिक्री भएको छ । यसवर्ष सरकारले २ लाख २४ हजार मेट्रिक टन युरिया, १ लाख मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास खरीदका लागि टेण्डर गरेको थियो । तर १ लाख २० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी आयात गरेको थियो । यस्तै, ९५ हजार २ सय ७५ मेट्रिक टन युरिया र ४३ हजार मेट्रिक टन डीएपी बिक्री गरिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.