• बुधबार , कार्तिक ७, २०८१

आलु खेती गरेरै काठमाडौँमा छोरा पढाउँदै मानन्धर

Byashesh

Feb 28, 2023

नुवाकोट, १६ फागुन । नुवाकोट लिखु ४ का सोमबहादुर मानन्धरले व्यावसायिक रूपमा आलु खेती गरिरहेका छन् । १२ वर्षदेखि तरकारी तथा अन्नबाली लगाउँदै आएका उनले व्यावसायिक खेती गर्न सुरु गरेपछि गतिलो आम्दानी हात पार्न सफल भएका छन् ।बारीमा उत्पादित अन्न तथा खाद्यबाली बेचेर उनले वार्षिक ७ देखि ८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । वि.सं. २०६७ सालदेखि कृषिमा सक्रिय मानन्धरलाई लागेको थिएन कि आफू पनि कृषि कर्म गर्छु भन्ने । उनले जागीर खाने सोच नबनाएका होइनन् । तर परिस्थितिले उनलाई माटोसँगै बाँच्न सिकायो । उनीसँग १२ रोपनी पुर्ख्यौली जग्गा थियो । त्यसमै उनले खेती गर्ने मनसाय बनाए । स्थानीय तहको सेवाप्रवाह चुस्त भइदिए, वास्तविक किसानले पाउनुपर्ने सेवासुविधा पाउने वातावरण भए देशको मुहार फेर्ने किसान नै उत्साहित हुने उनी बताउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.