• बुधबार , कार्तिक ७, २०८१

जग्गा बन्धकीमा लिएर सामूहिक खेती…

Byashesh

Mar 4, 2023

तनहुँ, २० फागुन ।  म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, धान र तरकारी खेती गरेर राम्रो उत्पादन गर्दै आएको संस्थाकी सचिव देउमाया थापाले बताए । स्थानीय केशीमाया आलेले आफ्नो प्रशस्त जग्गा नहुँदा बिहान बेलुकाको छाक टार्न पनि धौधौ भएको अवस्थामा सामुदायिक वनले जग्गा उपलब्ध गराएर ठूलो राहत प्रदान गरेको बताए ।  मङ्सिरे र चैते धान गरी वर्षमा एक जनाको भागमा करिब १७ मुरी धान पाउँदा घर परिवार चलाउन सहज भएको उनले जानकारी दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.