• बुधबार , कार्तिक ७, २०८१

बाँझो जमिन खेती लगाउन दिनेलाई बागमती प्रदेशबाट प्रतिरोपनी २ हजार अनुदान…

Byashesh

Mar 7, 2023

हेटौंडा, २३ फागुन । बागमती प्रदेशमा जमिन बाँझो राखेका जग्गा धनीलाई जमिनमा खेती गरेबापत प्रोत्साहन दिइने भएको छ । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार खेतीयोग्य बाँझो जमिनमा खेती गर्न प्रोत्साहनका लागि अनुदान कार्यक्रम ल्याइएको हो । मन्त्रालयले १५ चैतभित्र बाँझो जमिन करारमा दिन ईच्छुक व्यक्ति र सो जमिनमा खेती गर्न चाहने किसानलाई सूचीकृत हुन सूचना निकालेको छ । सम्झौता भएपछि बाँझो जमिन करारमा दिन चाहने किसानलाई मन्त्रालयले प्रतिरोपनी वार्षिक २ हजार रुपैयाँ उपलब्ध गराउने छ । करारमा जग्गा दिन चाहनेले कम्तीमा २ रोपनी बाँझो जमिन कम्तीमा ५ वर्षका लागि उपलब्ध गराउनु पर्नेछ भने करारमा लिन चाहनेले पनि कम्तीमा २ रोपनी बाँझो जमिन कम्तीमा ५ वर्षका लागि लिनुपर्नेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published.