• बुधबार , कार्तिक ७, २०८१

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु…

Byashesh

Mar 9, 2023

बझाङ, २५ फागुन । खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८/५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरु गरेका गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्यबाली आफैँ पटक–पटक परीक्षण गर्दै खेती बढाएका हुन् । व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ला किसान हुन्, नारु गिरी । विभिन्न तरकारी, खाद्यबाली र फलफूलको परीक्षण गरेका उनलाई सबैभन्दा बढी सफलता भने बदाम खेतीबाटै मिलेको छ । एक बोरा धान फल्ने गह्रामा तीन बोरा बदाम फल्ने भएपछि उनी बदामतर्फ आकर्षित भएका हुन् । गिरीको अनुभवमा ठाउँ परिवर्तन गर्दै र तातो ठाउँमा बदाम धेरै फल्छ । नयाँ बारीमा सुरु गर्दा एक बोरा धान फल्ने ठाउँमा पाँच बोरासम्म उनले बदाम फलाएकाछन् । बगरको ठाउँ, सडक खनेको माटोमा बदाम राम्रो फल्ने गरेको उनको अनुभव छ । गिरीले स्थानीय सरकारले पनि बजारका लागि सहयोग गर्ने आश्वासन दिएकाले अर्को वर्षदेखि थप जमिनमा बदाम लगाउने तयारी गरेको बताउनुभयो ।

Spread the love

Leave a Reply

Your email address will not be published.