• बुधबार , कार्तिक ७, २०८१

 युरोप, अमेरिका निर्यात- पर्वतको सातु…

Byashesh

Mar 12, 2023

पर्वत, २८ फागुन । विभिन्न अन्न भुटेर–पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले–पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो । स्थानीयस्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित भएका छन् । मकै, भटमास, गहुँ, जौँलगायत अन्न प्रशोधन गरी तयार पारेको सातु विभिन्न मुलुकमा निर्यात गर्दै आएको उद्यमी थानेश्वर भुसालले बताए । उनले एक दशकदेखि लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीजस्ता परिकार विभिन्न मुलुकमा निर्यात गर्दै आएका थिए । तिनै देशबाट मकै, भट्टको परिकारसमेत माग भएपछि ‘पोसिलो सातु’ नाम दिएर उत्पादन थालेपछि यसले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको हो ।  गाउँघरमा उत्पादित अग्र्यानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले उद्योगमा उत्पादित सातु स्वास्थ्यका लागि पनि लाभदायक हुने स्वास्थ्यकर्मी बताउँछन् । मकै, भटमासलगायतका परिकारबाट बनेको हुनाले ग्यास्ट्रिक, अम्लियपन हुने, अपच हुनेलगायतको समस्या समाधान मात्रै नभएर पौष्टिकतामा समेत सातु उत्कृष्ट परिकार भएको फलेवासका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटा बताउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.