• बुधबार , कार्तिक ७, २०८१

डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै…

Byashesh

Mar 15, 2023

खजुरा, १ चैत्र । बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको सङ्ख्या उलेख्य छ । यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएका छन् । चालु आर्थिक वर्षमा कृषिप्रसार सेवा कार्यक्रमअन्तर्गत धान, मकै, गहुँ र तरकारीमा लाग्ने किटाणु नष्ट गर्न किटनाशक विषादी खरिद गरी प्रत्येक घरधुरीलाई वितरण गरिएको डुडुवा कृषि शाखा प्रमुख सुशील शर्माले बताए । उनका अनुसार कृषि साझेदारी कार्यक्रमअन्तर्गत किसान, किसानका समूह र सहकारीलाई अनुदान प्रदान गरिएको छ । साना कृषि औँजार तथा यन्त्रउपकरण अनुदानअन्तर्गत ५० प्रतिशत अनुदानमा ४८ समूह छनोट भई १७ समूहले २०७८ माघ मसान्तसम्म भुक्तानी लिइसकेका छन् ।   सबैभन्दा बढी वडा नं २ मा एक हजार २९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार ९२ दशमलव ५८ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । वडा नं १ मा एक हजार नौ सय २० हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार २४ दशमलव एक हेक्टरमा खेती हुँदै आएको छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.