• बुधबार , कार्तिक ७, २०८१

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती…

Byashesh

Mar 21, 2023

मध्यविन्दु, ७ चैत ।  भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व)  बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने मेहेनत गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्नेमा विश्वस्त भएका छन् । निर्वाहमुखी खेती गर्दै आएका यहाँका स्थानीयले रहरलाग्दा कागतीका बोट देखेर व्यवसायिक रुपमा कागती, सुन्तला लगाउने योजना बुनेका छन् ।लिफ्टिङ्ग मार्फत प्रत्येक बिरुवामा सिँचाइका लागि पाइप विस्तार गरिएको छ भने आवश्यक मलका लागि फर्ममा नै पाडासमेत पालिएको छ । “पहिलो वर्ष दुई हजार बिरुवाबाट करिब १५ क्वीन्टल कागती हुने अपेक्षा गरिएको छ”, फर्मका सञ्चालक भुसालले भने । सुन्तला र कागतीको बगौचा खेती गरेका किसानलाई आवश्यक बिरुवा र नयाँ बगैचा निर्माण गर्न चाहने किसानलाई पनि सुन्तला र कागतीका बिरुवा खोज्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको चापागाईँले बताए । 

Spread the love

Leave a Reply

Your email address will not be published.