• बुधबार , कार्तिक ७, २०८१

झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’…

Byashesh

Mar 29, 2023

झापा, १५ चैत । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ मा यसै वर्षदेखि परियोजना लागू भएको हो । आयोजनाबाट सिँचाइ सुविधा लिन  ५० देखि ६० बिघा जग्गाका किसानले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनुपर्ने हुन्छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा उपभोक्ता समितिले माग गरेबमोजिम आयोजनाले सिँचाइ कार्यक्रम सञ्चालन गर्ने प्रावधान छ । खेतमा पानी पटाउन सहज होस् भनेर हरेक चार बिघा जग्गामा एउटाका दरले पानीको पोइन्ट राखिने परियोजनाले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.