• बुधबार , कार्तिक ७, २०८१

मनग्य आम्दानी गदै दीपनगरका विष्ट…

Byashesh

Apr 5, 2023

कञ्चनपुर, २२ चैत । शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएकाछन् । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । दश कठ्ठा बढी जग्गामा उनले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएकाछन् ।  किसान विष्टले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम भने लिएकाछैनन् । “अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकेँ” उनले भने, “विशेषगरी भारतीय किसानले गरेको तरकारी खेती नियाल्न थालेँ, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।” “गत वर्ष कृषिमा रु १० लाख बजेट थियो”, उनले भने, “चालु आवमा बढाएर रु ५० लाख पु¥याइएको छ, यसले कृषिको उत्पादकत्व बढाउनका लागि सहयोग पु¥याउँछ ।” उनका अनुसार नगरपालिकाका १२ वटै वडाको कृषि प्रोफाइल तयार गर्ने कार्य अगाडि बढाइएको छ ,घरधुरी सर्वेक्षण कार्यसँगै कृषिसम्बन्धी तथ्याङ्कक सङ्कलन, माटो परीक्षणका लागि आवश्यक जनशक्तिलाई किसानको घरदैलोमा खटाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.