• बुधबार , कार्तिक ७, २०८१

गहुँखेतीमा आधुनिक प्रविधिले घटायो लागत…

Byashesh

Apr 6, 2023

अत्तरिया, २३ चैत । कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्छन् । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उनले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताए । जिरो टिलेज प्रविधिबाट लगाएको गुहँ देखेर अन्य किसान पनि उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्का किसान सानुराम चौधरीले बताए ।  थोरै श्रमशक्तिमा धेरै आम्दानी गर्न सकिने भएकाले खेतीपातीमा कृषि यान्त्रीकरणको प्रयोग गर्नुपर्नेमा अर्का किसान अजित चौधरीले बताए ।  जिल्लाको सबैभन्दा बढी गहुँ खेती हुने क्षेत्र कैलारी गाउँपालिकामा प्रदर्शनीका रूपमा झण्डै तीन बिघा क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका शाखाप्रमुख गोविन्दराज जोशीले बताए ।  हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने र झारपात तथा रोग कीराको प्रकोपसमेत बढी नहुने शाखाप्रमुख जोशीको भनाइ थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.