• बुधबार , कार्तिक ७, २०८१

सडक कालोपत्र गाउँसम्मै भएपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान खुसी…

Byashesh

Apr 7, 2023

पाँचथर, २४ चैत । बूढापाकालाई त पाँच घण्टासम्म लाग्थ्यो”, सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस सम्झिँदै अधिकारीले भने, “सडक कच्ची हुँदा यात्रा गर्न निकै सकस हुन्थ्यो, धुलो र हिलोले सास्ती खेप्नु परेको थियो ।” सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन् । उत्पाददित सागसब्जी बजार पु¥याउन सकिएको अधिकारीको भनाइ छ । पूर्वाधार विकास कार्यालय फिदिमका प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाको मुख्य सडकको रुपमा रहेको फिदिम–फालोट सडकको उक्त खण्ड कन्काई पीएस जेभीले रु ६० करोड २७ लाख लागतमा निर्माण गरेको हो । यस्तै पूर्वाधार विकास कार्यालयले फिदिम–सन्दकपुर सडकअन्तर्गत फिदिम–रानीटार खण्डको सात किलोमिटर सडक पनि कालोपत्र गर्न लागेको छ । गत हप्ता सुरु भएको यो खण्डको कालोपत्र आगामी दुई हप्तामा सकिने रेड्डीले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.