• बुधबार , कार्तिक ७, २०८१

जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियानमा झापाका किसान…

Byashesh

Apr 8, 2023

झापा, २५ चैत । मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन नसकिने अवस्था हरेक सरकारको असफलताको मापन बन्ने गरेको छ । तर, प्रयास गर्ने हो भने मुलुकमै रासायनिक मलको खपत घटाएर जैविक मलमा आत्मनिर्भर बन्न सकिने सम्भावनालाई झापाका किसानले उजागर गरेका छन् । नेपालमा जैविक मलका विषयमा चर्चा नभएको होइन । वर्षौंदेखि यसका लागि प्रयास भइरहे तापनि रासायनिक मलको निर्भरता झन् बढ्दो अवस्थामा छ । रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको र कृषिका लागि आवश्यक पर्ने शुक्ष्म जीवको नाश भइरहेको जैविक मलका अभियन्ताहरु बताउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.