• बुधबार , कार्तिक ७, २०८१

स्वदेश फर्केर बाख्रापालनबाट मनग्य आम्दानी गर्दै ,१५ वर्ष वैदेशीक रोजगारमा बिताएका राउत…

Byashesh

Apr 9, 2023
Goat breeds grown in Nepal [krishiloksewa Bakhra Palan]

भोजपुर, २६ चैत । विदेशमा १५ वर्ष बिताएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् । व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आएकाछन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रा पालन गर्दै आएको राउतले बताए । “तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए । धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु । यो व्यावसायबाट राम्रो आम्दानी भइरहेको छ”, उनले भने । “बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ”, राउतले भने, “राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु ,राउतले भने।  उनले फार्ममा भएका सबै बाख्रको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताए । 

Spread the love

Leave a Reply

Your email address will not be published.