• बुधबार , कार्तिक ७, २०८१

किसानका लागि सामाजिक उद्यमशिलता अभियान सुरु धनकुटामा

Byashesh

Apr 10, 2023

धनकुटा,२७ चैत । कृषि उपज तथा तरकारी बजार सुनिश्चित गर्न धनकुटामा सामाजिक उद्यमशिलता अभियान सुरु गरिएको छ । कार्यक्रममा भोजपुर र धनकुटाका किसान प्रतिनिधि तथा मोरङका उद्यमी व्यपारीबीच किसानले उत्पादन गरेका वस्तु उचित मूल्यसहित बजारमा कसरी खपत गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । जिल्लामा व्यावसायिकरूपमा उत्पादित तरकारी नेपालमा मात्र खपत हुन नसकी भारत लैजाने गरिएको र साना किसानले उत्पादन गरेको तरकारी विचौलीयामार्फत बजार जाने र भारतीय बजारले तरकारी निर्यात तथा खपतमा मनोमानी गरेकाले  जिल्लाका व्यावसायिक किसान मर्कामा परिरहेका छन् । यसैगरी साना किसानले बजार मूल्यभन्दा अधिक न्यून मूल्यमा  बिचौलीयालाई आफ्नो तरकारी बेच्नु परेको अवस्था छ । धनकुटा नगरपालिका, भोजुर नगरपालिका, बेलबारी नगरपालिका मोरङ, साँगुरीगढी गाउँपालिकाको सहयोगमा सुरु भएको उक्त कार्यक्रम आगामी दिनमा किसान र कृषि उद्यमीबीच जोड्ने अभियानका रुपमा निरन्तर रहने अभियान्ता राईले जानकारी दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.