• बुधबार , कार्तिक ७, २०८१

झुलेटार, रानीटार र डडुवामा फस्टाएको तरकारी खेती…

Byashesh

Apr 19, 2023

चौतारा, ६ वैशाख । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ झुलेटार, रानीटार र डडुवाका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि झुलेटार, रानीटार र डडुवाबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक ५ देखि ११ वटासम्म गाडी काठमाडौं जान्छन् । गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारी गाउँमा नै आउँछन् । यो क्षेत्र समुन्द्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा छ । दक्षिणपट्टि फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिन्छ । सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेको राम तामाङ बताउँछन् । अहिले गोलभेँडा र काउली मात्र भए पनि यामअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका स्थानीय किसानले तरकारी बेचेर मनग्य आम्दानी भित्र्याउने गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि व्यवसाय फस्टाउँदै गएको छ । तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.