• बुधबार , कार्तिक ७, २०८१

‘थ्री जी कटिङ’ प्रविधि बाँकेको लहरे तरकारी बालीमा…

Byashesh

Apr 20, 2023

कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताए । जिल्लाको डुडुवा गाउँपालिका–४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा यो प्रविधिबाट किसानले लाभ लिएका छन् । उनी भन्छन्, “बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ ।” यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिब चार वर्षदेखि किसानले अभ्यास गरेको बताए । यो प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.