• बुधबार , कार्तिक ७, २०८१

मह उत्पादनमा कमी यस वर्ष दाङमा…  

Byashesh

Apr 22, 2023

घोराही, ९ वैशाख । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो । नेपाल मौरीपालक महासङ्घ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको महासङ्घले जनाएको छ । पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको २० वर्षदेखि मौरीपालन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका चेतमान भण्डारीको भनाइ छ । दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ । बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय मह बजार पाउन समस्या भएको छ । यो पटक असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगार्यो । हिउँदमा पानी परेन । गोभी तोरी भएन । ६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एक सय ५० माहुरीपालक महासङ्घ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन् । गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष  पनि सय टन बढी मह मौज्दात छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.