• बुधबार , कार्तिक ७, २०८१

कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन…

Byashesh

Apr 26, 2023

मध्यविन्दु, १३ वैशाख ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१ पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै कृषकहरु लाभान्वित भएका छन् । गाउँमा नै कृषि उपज सङ्कलन केन्द्र स्थापना भएपछि स्थानीय कृषकहरुलाई कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज भएको हो । विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएको स्थानीय रङ्गमायाँ महतोले वषैंदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भनदै खुसी व्यक्त गरिन् । सुरुआती चरणमा मध्यविन्दु नगरपालिका–१ का करिब १० वटा कृषि समूहबाट सञ्चालन गरिएको यस केन्द्रको अहिले सेवा विस्तार भएको छ । हिजोआज यस केन्द्रमा  नगरपालिकाका विभिन्न वडाहरुसँगै छिमेकी स्थानीय तहहरुका कृषकहरुले समेत लाभ लिइरहेको सङ्कलन केन्द्रका व्यवस्थापक शान्ति गुरौले बताइन् । विगत ३ वर्ष अगाडि स्थापना भएको भवन विभिन्न कारणले सञ्चालन हुन नसकेको अवस्थामा अहिले भने यहाँबाट किसानले सेवा लिन थालेका छन् । बजारीकरणको समस्यासँगै उचित मूल्य नपाएका किसानहरुलाई अब यस केन्द्रबाट सेवा विस्तार भएसँगै कतैबाट किसान ठगिन नपर्ने सङ्कलन केन्द्रका अध्यक्ष हिमबहादुर केसीले बताए । जिल्लाको पतवारी, कोल्हुवा, नारायणी क्षेत्र तरकारी र फलफूल उत्पादनको हिसाबले उर्वरभूमि मानिन्छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.