• बुधबार , कार्तिक ७, २०८१

दैनिक चार हजार आम्दानी ‘हिनौना’ को व्यापारबाट…

Byashesh

Apr 27, 2023

लमही नगरपालिका, १४ वैशाख । एक दिन अगाडि साँझापख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौना  (खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ) सँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका कृषक महिलाको हिजो आजको दैनिकी हो । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरूले विभिन्न जातका तरकारी उत्पादन गरेका छन् । तरकारीका साथसाथै यतिबेला ती किसानका बारीमा हिनौना लटरम्म फलेका छन् । पुस महिनामा रोपेको हिनौना चैतमा तयार हुन्छ । मानव स्वास्थ्यका लागि अति उत्तम मानिने हिनौना देउखुरी क्षेत्रको लोकप्रिय फलफूलमा पर्दछ । सडक छेउमा बसेर व्यापार गर्ने यहाँका सबै किसानले तरकारीको एउटै मूल्य तोक्ने गरेका हुन्छन् । हिनौना ४० रुपैयाँ किलो, फर्सी ३० रुपैयाँ किलो, करेला ५० रुपैयाँ किलो, लौका ३० रुपैयाँ किलो, भिन्डी १०० रुपैयाँ किलो, काँक्रा ६० रुपैयाँ किलो, बोडी एक सय २० रुपैयाँ किलो, टमाटर २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्राय थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन् । बालुवामा फल्ने भएकाले सिँचाइ भने अलि बढी गर्नुपर्ने किसानको अनुभव छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.