• बुधबार , कार्तिक ७, २०८१

अदुवा खेती एकै वडाको १० हेक्टर क्षेत्रफलमा… 

Byashesh

Apr 28, 2023

हेटौँडा, १५ बैशाख । १० हेक्टर क्षेत्रफलमा अदुवा खेती भइरहेको छ मकवानपुरगढी गाउँपालिका वडा नं. ७ सुकौरामा । यस क्षेत्रका कृषकहरूका लागि अदुवा नगदे बालीका रूपमा रहेको छ । नेपालबाट निर्यात हुने वस्तुमध्ये अदुवा पनि एक हो । चालू आर्थिक वर्ष २०७९–०८० को फागुन मसान्तसम्ममा नेपालबाट ७३ करोड ७७ लाख ६ हजार रुपैयाँबराबरको अदुवा बाहिरिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा १२०.४ प्रतिशतले बढी हो । गत आवको फागुन मसान्तसम्ममा नेपालबाट ३३ करोड ४६ लाख ७३ हजार रुपैयाँबराबरको ६ हजार २ सय १७ मेट्रिकटनबढी अदुवा बाहिरिएको थियो । नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई र कतारलगायतका मुलुकमा पुग्ने गरेको छ । हाल व्यावसायिक अदुवा खेती नेपाल, भारत, चीन, पाकिस्तान इण्डोनेसिया, मलेसिया, जापान, मौरिसस, थाइल्याण्ड तथा केही पश्चिमी अफ्रिकी मुलुकहरूमा गरिन्छ । अदुवा तथा अदुवाका परिकारहरू अमेरिका, युरोप, अन्य पश्चिमा मुलुकहरू तथा खाडीका देशहरूमा निर्यात हुन्छन् । नेपालमा विशेषगरी मध्य पहाडी इलाकाका जिल्लाहरूमा प्रशस्त मात्रामा व्यावसायिक रूपमा यसको खेती हुँदै आएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.