• बुधबार , कार्तिक ७, २०८१

चियामय ईलाम चिया दिवसमा…

Byashesh

Apr 29, 2023
Two women pluck tea leaves at Sakhejung of Ilam, on Thursday, June 30, 2016. Photo: RSS

काठमाडौँ, १६ बैशाख । २७ औँ संस्करणको ‘राष्ट्रिय चिया दिवस’ विभिन्न कार्यक्रम गरी ईलाममा मनाइँदै छ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, बिक्रेता र चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ । अन्तरराष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया दिवसका अवसर पारेर अन्तरराष्ट्रिय महोत्सव गर्न लागिएको हो । महोत्सव ईलामको फिक्कलमा हुँदै छ । जहाँ रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी हुँदै छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने बोर्डले जनाएको छ । यस अवसरमा ईलाम चियामय हुने बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई बताउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.