• बुधबार , कार्तिक ७, २०८१

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै सुक्खाग्रस्त क्षेत्र स्वाराथोकका किसान…

Byashesh

Apr 30, 2023

चौतारा, १७ वैशाख । तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि तरकारी खेतीमा लागेको किसान राजु पुरी बताउँछन् । किसानको मागका आधारमा नै जापानी संस्था जाइकाको सहयोगमा आफूहरुले किसानसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको टुुकी सङ्घ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले बताए । सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन् । गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धाराबाट १५ मिनेटजति पानी आउँछ । त्यही पानीलाई जोहो गर्दै गोलभेँडा खेती गर्दै आएको स्थानीय देवकी गिरी बताउँछन् । सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीमा यतिखेर टनेल देख्न सकिन्छ । टनेलभित्र खासगरी गोलभेँडाका बोट लोभ लाग्दा भएर लहलाउँदा छन् । किरा नियन्त्रको व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत पुर्याइरहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.