• बुधबार , कार्तिक ७, २०८१

स्वरोजगार बन्दै दलित महिला…

Byashesh

May 1, 2023

राँझा, १८ वैशाख । दलित महिला समूहमा आवद्ध बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताइन । “बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौँ”, पदमीकलाले भनिन् । सिर्जनशील दलित महिला समूहका सचिवसमेत रहेकी सुनिताका श्रीमान् खाडी मुलुक कतार पुगेकी छन् । “समूहमा लागेर नास्ता पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घर खर्च र बाबुलाई स्कुल पढाउन नास्ता पसलबाटै पुगेको छ, श्रीमान्ले कमाएको पैसा चोखै बचाएर राखेकी छु”, उनले भनिन् । थोरै पैसाका लागि पनि विगतमा श्रीमान्को भर पर्दै आएका दलित महिला अहिले कुखुरापालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन् । दलित महिला सङ्घ  (फेडो)ले सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृदि कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिकरूपमा सशक्तीकरणको बाटोमा लम्किएका छन् । दलित महिलालाई आर्थिक तथा सामाजिकरूपमा अगाडि बढाउन आफूहरूले लक्षित वर्गका कार्यक्रम विनियोजन गरेर लागिपरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताइन । 

Spread the love

Leave a Reply

Your email address will not be published.