• बुधबार , कार्तिक ७, २०८१

उत्पादनका आधारमा अनुदान दिँदै गाउँपालिका…

BySANU

May 4, 2023

कैलाली, २१ बैशाख । पालिकाले किसानलाई कृषि पेसामा आकर्षित गराउनका लागि गहुँ खेतीमा अनुदान दिन थालेको हो । जसका लागि मापदण्ड नै तोकिएको छ । अनुदानग्राहीले कम्तीमा १० कट्टामा गहुँ लगाएको हुनुपर्ने छ । प्रतिकट्ठा ६६.६ किलोग्रामभन्दा बढी गहुँ उत्पादन गर्नेलाई मात्र अनुदान दिइने छ । पालिकाका अध्यक्ष गणेश चौधरीका अनुसार किसानलाई प्रतिकेजी ७ रुपैयाँका दरले अनुदान दिन लागिएको हो । कूल २ सय ५३ कट्टामा गहुँ लगाइएकामा १ लाख ४५ हजार ३९० रुपियाँ अनुदान दिइने भएको अध्यक्ष चौधरीले बताएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.