• बुधबार , कार्तिक ७, २०८१

मकैको बीउ वृद्धि अभियान…

BySANU

May 5, 2023

बलेवा, २२ वैशाख । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले कृषि ज्ञान केन्द्र बागलुङले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भएअनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए ।  त्यस्तै बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडामा गत वर्ष नै ३० टन क्षमताको भवन बनिसकेको छ । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुने उनले बताए । सङ्घीयता लागू गर्दा हटेका तत्कालीन कृषि कार्यालय ज्ञान केन्द्रको रुपमा स्थापित हुन चार वर्ष लागेकाले बीउ उत्पादनमा असर परेको थियो । विज्ञ नभएको र पालिका तहमा सामान्य कृषि प्राविधिक मात्र आउँदा बाली विकास र उत्पादन बढाउने योजना बनेका थिएनन् । “विज्ञको अभावमा बीजवृद्धि कार्यक्रम त ठप्पै भएको थियो । 

Spread the love

Leave a Reply

Your email address will not be published.