• बुधबार , कार्तिक ७, २०८१

मकैको बीउ वृद्धि अभियान…

BySANU

May 8, 2023

काठमाडौं २५ वैशाख । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भए अनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताउनु भयो । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुने उहाँले बताउनुभयो । बीज वृद्धिका लागि गणेश र मनकामना जातको मकै बढी लगाइने गरिएको छ । “राम्रो उत्पादन हुने भएकोले मकैको बीउ तथा बाली उत्पादन बिशेष कार्यक्रम नै सञ्चालन गरिएको छ” बाली विकास अधिकृत दिनेश पाठकले भन्नुभयोे, चार वर्षसम्म बीउ उत्पादन नहुँदा झण्डै लोप हुन लागेकामा अहिले लगानी बढाएर बीजवृद्धि कार्यक्रम ल्याउनु परेको हो” प्रमुख भट्टराईले भन्नुभयो,

Spread the love

Leave a Reply

Your email address will not be published.