• बुधबार , कार्तिक ७, २०८१

लोकबहादुर वस्तुभाउसँग रमाउँदै…

BySANU

May 10, 2023

जानकी, २७ वैशाख । खजुरा गाउँपालिका–२ निवासी लोकबहादुर सिंह ठकुरी घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थालेकाछन् । करिब २४ वर्ष विदेशमा बसेका लोकबहादुर अहिले पशुपालनमै व्यस्त र  खुसी छन् । दैनिक ३० लिटर दूघ नजिकैको रिमझिम बजारमा बिक्री गर्दै आएका लोकबहादुर दूधको माग दिनहुँ बढेकाले भैँसीसँगै बाख्रा र कुखुरालाई थप्दै जाने योजनामा छन् । पशुपालनको माध्यमबाट स्थानीय बजारको मागलाई आपूर्ति गर्न सक्ने गरी उन्नत जातको बाख्रा उत्पादन तथा बिक्री वितरण गर्ने योजना रहेको अर्का द्रोण कृषि फार्म प्रालिका प्रोप्राइटर अर्जुन शाहीले बताए । छ वर्ष विदेशमा काम गरेर फर्किएका उनी पनि लोकबहादुरले झै पशुपालन व्यवसाय गर्दै आएकाछन् । “राज्यले व्यवसाय सञ्चालनका लागि अनुदान, ऋणलगायत सुविधा दिनुपर्छ”, अर्जुनले भने, “गाउँमै रोजगारी र आम्दानी लिन यस्ता व्यवसाय कोसेढुङगा सावित हुनेछ ।” पच्चिस कठ्ठा जमिनमा फार्म सञ्चालन गरेका अर्जुनको करिब रु ८० लाख लगानी भैसकेको छ भने पाँच जनाले रोजगारी पाएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.