• बुधबार , कार्तिक ७, २०८१

सोचेभन्दा बढी उत्पादन, बेमौसमी आलु खेती…

BySANU

May 11, 2023

कञ्चनपुर, २८ वैशाख । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा उनले छ क्विन्टल उत्पादन गरेकाछन् । नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलो पटक परीक्षणका रुपमा आलु रोपेका हुन् । एउटै बोटमा दुई किलोसम्म आलु उत्पादन भएको उनले बताए । “रु एक सयप्रति किलोका दरले आलुको बीउ बिक्री गर्दा पनि किसानले माग गर्न छाडेका छैनन्”, उनले भने, “आफूलाई रोप्न राखेर बीउ अरूलाई बेच्न थालेको छु ।” फागुनमा रोपेको बेमौसमी आलुलाई किसानले वैशाखको दोस्रो सातादेखि खन्न सुरु गरेका छन् । पहिलो पटक खेती गर्दा निकै बढी उत्पादन भएकाले एक बिघामा खेती गर्ने योजना बनाएको उनले बताए । किसानलाई उपलब्ध गराइएको २० क्विन्टल आलुको बीउबाट ८५ क्विन्टल बढी आलु उत्पादन भएको कृषि शाखाको अनुमान छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.