• बुधबार , कार्तिक ७, २०८१

बाख्राको दूधबाट चीज उत्पादन…

BySANU

May 12, 2023

वालिङ, २९ वैशाख । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेकाका स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेकाछन् । गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आएकाछन् । उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन् ।  स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ । दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उनको लक्ष्य छ । बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका हुन् । दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उनी बताउँछन् । “अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ”, गुरुङले भने, भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्किए । गुरुङले २०७० सालमा १२ बाख्राबाट व्यवसाय थालेका थिए । बाख्रा खरिद र खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरी व्यवसाय थालेका गुरुङ अहिले यो व्यवसायबाट सन्तुष्ट छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.