• बुधबार , कार्तिक ७, २०८१

बागमती प्रदेश, दूध उत्पादनको केन्द्र बनाउँदै… 

BySANU

May 13, 2023

चितवन, ३० वैशाख । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध सङ्कलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध सङ्कलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोगविरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन वृद्धिका अन्य कार्यक्रम अघि सार्ने, प्राविधिक सेवा दिने, नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने, व्यावसायिक ढङ्गबाट गोठ सुधारका कार्यक्रम गरिँदैछ । मन्त्रालयद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण गरिएको हो । चितवनका भरतपुर महानगरपालिकाका आठ र रत्ननगर नगरपालिकाका ११ गरी १९ वडालाई दूध जोन निर्धारण गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध जोन कार्यक्रमले दूध उत्पादन वृद्धिमा सघाउने बताए । उनले किसानले माग गर्दै आएको कार्यक्रम प्रदेशले ल्याएको जनाउँदै यो कार्यक्रम प्रभावकारी हुने बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.