• बुधबार , कार्तिक ७, २०८१

ड्रागनको बेर्ना चार वटा परीक्षणका लागि ल्याइएकोले अहिले व्यवसायी…

BySANU

May 14, 2023

वालिङ, ३१ वैशाख । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनीमा थिएन । जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उनले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिए । “कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो”, उनले भने, “फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ ।” “अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो”, उनले भने, “जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो ।” गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उनी बताउँछन् । आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उनीसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन् । आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उनको अनुमान छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.