• बुधबार , कार्तिक ७, २०८१

कृषकलाई धानको बीउ वितरण…

BySANU

May 18, 2023
paddy rice seed in a Burlap sack.

तनहुँ, ४ जेठ ।  प्रति किलो रु ५५ मा खरिद गरी तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ वितरण गरेका हो । सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रम अन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो । व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरे अनुरुप धानको बीउ नवलपुर, चितवन, स्याङ्जा लगायत जिल्लाबाट सङ्कलन गरी वितरण गरेको हो । व्यास–२ र ३ बजार क्षेत्रका कृषकले भने धानको बीउ माग नगरेको उनले बताए । उन्नत बीउका लागि भनेर मगाइएको धानको बीउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको अधिकृत बगालेले जानकारी दिए । प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकाशे पानीको भरमा रोपिने सुक्खा ठाउँमा सुक्खा धान लगाउन राम्रो हुने बताइएको छ । नगरपालिकाले केही समय अघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको सात मेट्रिक टन उन्नत मकैको बीउ समेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.