• बुधबार , कार्तिक ७, २०८१

फोहरबाट बायोग्यास उत्पादन…

BySANU

May 19, 2023

झापा, ५ जेठ । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिकरुपमा बायोग्यास वितरण गरिने बताए । यहाँ उत्पादित बायोग्यासको सिलिन्डर उद्योग  र होटलमा बढी उपयोगी हुने उनको भनाइ थियो । बायोग्यास उप्पादनका लागि विश्व बैंकले रु पाँच करोड ४६ लाख अनुदान दिएको बताइएको छ ।  त्यहाँ बायोग्याससँगै जैविक मलसमेत उत्पादन गरिने भएको छ । नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने उक्त कम्पनीको योजना छ । एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिन्डर रु एक सय ५० सस्तो पर्ने अध्यक्ष तिम्सिनाको जिकिर थियो । यसैगरी मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकालाई पनि फोहरमैला व्यवस्थापनका लागि यस कम्पनीसँग सहकार्य गराउन छलफल भइरहेको नगरप्रमुख प्रसाईंले जानकारी दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.