• बुधबार , कार्तिक ७, २०८१

एक लाख बिरुवा रोप्दै कामपा…

BySANU

May 21, 2023

काठमाडौँ, ७ जेठ । सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले  शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजना अनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।  अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.