• बुधबार , कार्तिक ७, २०८१

रु एक करोडभन्दा बढीमा ठेक्का बागवानीको आँप… 

BySANU

May 24, 2023

सर्लाही, १० जेठ । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् । बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् । यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब रु २४ लाख खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.