• बुधबार , कार्तिक ७, २०८१

पोखरेली जेठोबुढो धानको बीउ वितरण…

BySANU

May 25, 2023

गण्डकी, ११ जेठ । पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ । महाशाखाले समूहबाट प्रतिकिलो रु दुई सयमा खरिद गरी ५० प्रतिशत अनुदान दिएर रु एक सयमा कृषकलाई उपलब्ध गराएको महाशाखाका प्रमुख मनोहर कडरियाले बताए । कृषक समूहबाट उत्पादित बीउ गण्डकी प्रदेश बीउविजन प्रयोगशालाले परीक्षण गरी प्रमाणीकरण गरेको छ । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका गगनगौँडा, बेलबुटे, मालमूल, पटनेरीलगायत विभिन्न फाँटमा यो धान पर्याप्त फल्छ । न धेरै गर्मी र न धेरै जाडो हुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेको कृषकहरू बताउँछन् । सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि विसं २०६७ मा सिफारिस गरिएको थियो । यसको २०६८ देखि उत्पादन सुरु भएको थियो । यसको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३ दशमलव ५ मेट्रिकटन रहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.