• बुधबार , कार्तिक ७, २०८१

नगदेबाली किसानको रोजाइमा… 

BySANU

May 27, 2023

बलेवा, १३ जेठ । हिउँदमा बारीमा आलु लगाउने र बर्खामा कोदो, मकै लगाउने किसानको परम्परा हो । तर आजभोली किसानको परम्परा फेरिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्र््याउन भ्याइनभ्याई छ । उनी बिहानबेलुका बारीमा लगाएको आलु उकेर्छन्, दिनभरी वडा कार्यालयबाट जनताको सेवा गर्छन् । आलु निकालेपछि मकै र कोदोले भरिने बारी आजभोली नगदेबालीले भरिन्छन् । चिसो मौसम भएकाले यहाँ खाद्यान्न बाली ढिलो पाक्छ । दुई खेती उब्जाउन कठीन हुने बारीमा नगदेबाली खेती थालेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । यहाँका किसानले आलु साटेर खाद्यान्नको जोहो गर्थे । आजभोली आलुको विक्रीबाट हुने आम्दानीने घर खर्च चल्छ । वडा कार्यालयले ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन गरेको छ । टनेलमा गरिने खेतीले किसानलाई थप सहयोग गरिरहेको छन्त्याल बताउँछन् । वडाले हालसम्म १९७ टनेल अनुदानमा उपलव्ध गराएको छ । चालु आर्थिक वर्षमा मात्रै ८२ वटा टनेल वितरण गरिएको वडाध्यक्ष विकले बताए । कृषि क्षेत्रमा आएको परिवर्तनबाट वडाध्यक्ष बिक प्रभावित छन् । उनी आफू पनि कृषि उत्पादनमा लाग्नुभएको छ भने वडाबासीलाई पनि कृषिमा प्रोत्साहन गर्ने गरेकाछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.