• बुधबार , कार्तिक ७, २०८१

परम्परागत खेती छाडेर कफी खेतीमा सिर्सेनीका किसान… 

BySANU

Jun 1, 2023

रेसुङ्गा, १८ जेठ । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा लागेका हुन् । तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँदरले सबै खेतीलाई हानी पुर्‍याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ । सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेकाछन् । “मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो”, उनले भने, “कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।” उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेकाछन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ । किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए । परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताए । “कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा  सचेतना गराएका छौँ”, उनले भने, “कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।”

Spread the love

Leave a Reply

Your email address will not be published.