• बुधबार , कार्तिक ७, २०८१

भोटेनाम्लाङका बासिन्दा फर्किए पुरानै व्यवसायमा…

BySANU

Jun 2, 2023

सिन्धुपाल्चोक, १९ जेठ । भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता सामग्री बुन्नमा व्यस्त हुन्थे । विसं २०७२ को भूकम्पपछि आर्थिक अभाव र विभिन्न कारणले यो पेसा छाड्ने बढे पनि अहिले घरमै बसेका महिलालाई गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत सीप विकास तालिम दिएर फेरि पुरानै व्यवसायमा फर्काएको छ । भूकम्पपछि बेरोजगार रहेकामा अब पालिकाले सहयोग गरेपछि आय आर्जन गर्न सकिने स्थानीय लेखकुमारी गुरुङको विश्वास छ । महिलाका लागि माग अनुसार यस पेसामा सहयोग गरेकामा खुसी व्यक्त गर्दै अर्का स्थानीय बुद्धिमाया गुरुङ बजारीकरणमा पनि पालिकाले सहयोग गर्नुपर्ने बताउँछन् । राडीपाखी व्यवसायलाई प्रर्वद्धन गर्न उत्पादन भएका सामग्रीको बजार व्यवस्थापनसँगै कपडा बुन्नका लागि सुधारिएको आधुनिक तान र मेसिनको सहयोग भएमा व्यावसायिकरुपमा यो पेसालाई निरन्तरता तथा पुस्तान्तरण गर्न सकिने उद्यमीको भनाइ छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.