• बुधबार , कार्तिक ७, २०८१

सफल डडुवाकी रामकुमारी…

BySANU

Jun 6, 2023

डडुवा (म्याग्दी), २३ जेठ । विसं २०५० मा रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रम सुनेर मौरी पाल्ने योजना बनाएकी रामकुमारी कार्यालयमा पुग्दा कार्यक्रम नभएको बताएपछि प्राविधिक सल्लाह मात्र लिएर फर्किएकी थिईन् । “त्यतिबेला अहिलेजस्तो पुस्तक पढ्ने, भिडियो हेर्ने सुविधा थिएन, रेडियोमा सुनेको भरमा मौरी पाल्न थालेकी थिए”, उनले भनिन्, “राम्रो ज्ञान भएका प्राविधिक जनशक्ति भेट्टाउन पनि मुस्किल थियो, त्यस्तो अवस्थामा मौरीपालन गर्नु मेरा लागि चुनौती थियो, तर सफल भएँ ।” अप्ठ्यारा र समस्याबाट सिक्दै उनले मौरीपालनमा तीन दशक बिताएकी छिन् । “चार छोराछोरीलाई बेनी र काठमाडौँमा क्याम्पस पढाउन श्रीमानको जागिरले मात्र सम्भव थिएन”, उनले भनिन्, “छोराछोरी पढाउने र घरखर्च चलाउने स्रोत मौरी नै हो ।” गाउँघरका साथै जिल्ला सदरमुकाम बेनी बजार र विदेशमा रहेकाले कोसेलीका रुपमा मह किनेर लैजाने गर्छन् । जापान, कोरिया, अस्टेलियामा रहेका आफन्तलाई डडुवाको मह किनेर कोसेली पठाउने गरेका छन् । स्वादिलो, पोषिलो र शक्तिवद्र्धक मह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ ।  

Spread the love

Leave a Reply

Your email address will not be published.