• बुधबार , कार्तिक ७, २०८१

बाख्रापालनबाट स्वरोजगार बन्दै महिलाहरू…

BySANU

Jun 12, 2023
?????????????????????????????????????????????????????????

काठमाडौँ, २९ जेठ । उदयपुरको खैरबानी बहुउद्देश्यीय पशुपालन समूहले गाउँमा विभिन्न कृषि व्यवसाय गरिरहेकाहरूलाई संगठित गर्दै समूहमार्फत बाख्रापालन सुरु गरिएसँगै स्थानीयहरू स्वरोजगार बन्दै गएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाबाट प्राप्त अनुदान सहयोगले खैरबानी बहुउद्देश्यीय पशुपालन समूहमा आबद्ध भई यहाँका महिलाहरूले बाख्रा पालिरहेका छन् । समूहमा ७ जना आबद्ध छन् । जसमध्ये ४ जना महिला रहेका छन् ।  आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण भएको छ भने समूहले ४ बिघा जग्गामा घाँसका बोट लगाएको छ । आयोजनाबाट प्राप्त हुन आउने ५० प्रतिशत अनुदान तथा आयोजनाको मापदण्डअनुसार समूहको २० प्रतिशत र बैंकको ३० प्रतिशत अनिवार्य ऋण लगानीसहित सदस्यहरूले खोर व्यवस्थापन गरी बाख्रा पालिरहेका छन् । समूहले सबैभन्दा पहिला भौतिक निर्माणको काम थालेको थियो । त्यसमा २ वटा खोर, कम्पोस्ट र युरिन सङ्कलन गर्ने खाल्डो निर्माण भयो । त्यसपछि गतवर्ष जेठमा आयोजना सम्पन्न गर्दै सबै कागजात जुटाएर समूहले अन्तिम किस्ताको अनुदान रकम रु ५० लाख पाएको समूहका अध्यक्ष नन्दराज राई बताउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.