• बुधबार , कार्तिक ७, २०८१

छुर्पी र नौनी उत्पादन गर्दै सहकारी…

BySANU

Jun 15, 2023

पाँचथर, ३२ जेठ । पाँचथरको फिदिम नगरपालिका वडा नं. १२ मा व्यावसायिक रूपमा गाईको दूध उत्पादन वृद्धि हुन थालेपछि त्रिशक्ति डेरी मिल्क उत्पादन सहकारीले छुर्पी उत्पादन सुरु गरेको छ । दूधलाई प्रशोधन गरी बनाइने नौनी र छुर्पीको माग बढेपछि सहकारीले उद्योग स्थापना गरेर उत्पादन गरिरहेको संस्थाका अध्यक्ष रिञ्जी शेर्पाले बताए ।  उत्पादित छुर्पी प्रायः विदेशमा निर्यात हुँदै आएको छ भने बाँकी काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँमा खपत हुन्छ । १ किलो छुर्पी १ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ भने नौनी प्रतिकिलो ६ सय ५० रुयैयाँमा बिक्री हुन्छ । उत्पादि छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने अध्यक्ष शेर्पाको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.