• बुधबार , कार्तिक ७, २०८१

तनहुँमा ७० रोपनी जग्गामा अंगुर खेती…

BySANU

Jun 28, 2023

तनहुँ, १३ असार । वाइन उत्पादन गर्ने उद्देश्यसहित स्विजरल्याण्डबाट बिरुवा ल्याइ सुरु गरिएको व्यावसायिक अंगुर खेती तनहुँको घिरिङ गाउँपालिका ४ स्थित बाह्रबिसेमा ७० रोपनी क्षेत्रफलमा सुरु गरिएको व्यावसायिकबाट यतिबेला विभिन्न प्रजातिका अंगुरका बिरुवाले फल उत्पादन दिन थालेको छ । फर्ममा करिब ३२ प्रजातिका विभिन्न अंगुरका बिरुवाहरू सुरुको वर्ष परीक्षणका लागि लगाइएका छन् । कम्पनीको वार्षिक ३ लाख लिटर वाइन उत्पादन क्षमता रहेको छ । फार्म सञ्चालक कुमार कार्कीका अनुसार ७ सय ५० एमएलको बोतलमा कम्पनीले ३ किसिमका वाइन बजारमा बिक्रीका लागि पठाएको छ । जसको प्रतिबोतल मूल्य १ हजार २ सय रुपैयाँ रहेको छ । फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङका अनुसार पहिलो वर्ष प्रतिबोट ३ देखि ४ किलोसम्म अंगुर उत्पादन हुने अनुमान छ । गाउँमै फार्म सञ्चालन भएपछि घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा खटिएका स्थानीयहरूलाई राम्रो आम्दानीको स्रोत बनेको फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङको भनाइ छ । पहिलो वर्ष पात खाने लार्भाको समस्या भोगेको बताउँदै कार्कीले यस वर्ष भने त्यस खाले रोग र विभिन्न प्रकोपका लागि पूर्वतयारी गरिएकाले राम्रो उत्पादन लिने बताएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.