• बुधबार , कार्तिक ७, २०८१

बाँसबाट सामग्री बनाउन तालिम…

BySANU

Jul 2, 2023

म्याग्दी, १७ असार । कम लागतमा तयार पार्न सकिने आर्थिकरुपमा मितव्ययी, वातावरणमैत्री निगालो र बाँसबाट बनाइएका सामग्री विस्थापित र सीपको पुस्तान्तरण पनि हुन सकेको छैन । नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रवर्द्धन, संरक्षण र प्लास्टिकजन्यको विकल्पमा स्थानीय सामग्रीको प्रयोग बढाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविका विद्यार्थीलाई निगोलोबाट सामान बनाउने तालिम दिइएको छ । “वातावरणलाई दूषित बनाउने र पैसा बाहिरिने प्लास्टिक जन्य सामानको विकल्पमा निगालोका सामग्रीको प्रयोग बढाउने र सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो” ग्रामीण क्षेत्रमा केही वर्षअघिसम्म निगालोबाट बनाइएइका थुन्से, डोका, डाली, नाम्लो, दाम्लो, भकारी, नाङ्लोका सामग्रीको प्रयोग हुने गर्दथ्यो । प्लास्टिकजन्य सामानको आयात हुन थालेपछि निगालोका सामानले बजार नपाउँदा सीपयुक्त जनशक्ति परम्परागत पेसाबाट पलायन र सामान खरिद गर्दा नगद बाहिरिएको छ । उच्च पहाडी क्षेत्रको जङ्गलमा प्रशस्त पाइने निगालो प्रयोग हुन नसकेर खेर गइरहेको छ । प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा आयात घटाउने र रोजगारी सिर्जना गराउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालनमा सहयोग गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.