• बुधबार , कार्तिक ७, २०८१

संसदमा प्रतिपक्षीले माग्यो अर्थमन्त्रीको राजीनामा

Byadmin@spanilk.com

Jul 6, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेर बजेट आउनु अघि करको दर हेरफेर गरेको भन्ने बारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको कारण देखाउँदै एमालेले अर्थमन्त्री पदबाट मन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएको हो । मंगलबारको
संसद बैठकमा सुरुमै बोल्दै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’

Spread the love

Leave a Reply

Your email address will not be published.