• बुधबार , कार्तिक ७, २०८१

स्याउलाई ‘ब्रान्डिङ’ गरिँदै…

BySANU

Jul 8, 2023

गोरखा, २३ असार । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पालिकाभित्र उत्पादित स्याउको नामकरण गरी मनास्लु स्याउ राखेर बजारसम्म पुर्याउने गाउँपालिकाको नीति रहेको छ । अब सिङ्गो पालिकामा उत्पादन हुने स्याउको नामकरण गरी एउटै ब्रान्डको स्याउका रुपमा बजारसम्म पुर्याउने हाम्रो योजना छ”, उनले भने, यसो गर्दा स्याउको बजार पनि विस्तार हुने र चुमनुब्रीको स्याउले बजारमा पहिचान पनि बनाउन सक्ने अवस्था हुन्छ । कृषि पेसाअन्तर्गत पनि यस क्षेत्रको प्रमुख आयआर्जन व्यावसायिक स्याउ खेती एक प्रमुख कृषि पेसा हो”, उनले भने, हावापानीका हिसाबले पनि राम्रो उत्पादन हुने क्षेत्र भएकाले यसलाई प्राथामिकीकरण गरेर जानुपर्छ भन्ने स्थानीय सरकारको जोड छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.