• बुधबार , कार्तिक ७, २०८१

केरा खेती फष्टाउँदै टीकापुरमा…

BySANU

Jul 9, 2023

भजनी, २४ असार । कैलालीको टीकापुरमा अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् ।  अहिले धेरै किसान यसमा लागेका छन् । यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफल भन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ । केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ ।  कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले रु ६० लाख विनियोजन गरेको बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.